घामपानी बस्ती पहिरोको उच्च जोखिममा
बाग्लुङ | भदौ २०, २०७९
बागलुङ ः निरन्तर वर्षाका कारण बागलुङको गलकोट नगरपालिका-२ को घामपानी बस्तीका सातघर पहिरोको उच्च जोखिममा परेको छ ।
गलकोट-२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिरोको जोखिमा रहेको जनाउँदै ती घरका परिवारहरुलाई सुरक्षित स्थानमा सार्न माग गर्नुभयो । “निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरुलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ, अझै ठूलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखन्छ, बस्ती पहिरोको बीचमा रहेको हुँदा पानी पर्दा यहाँ बस्न निकै जोखिमपूर्ण छ”, उहाँले भन्नुभयो ।
उहाँका अनुसार वर्षाका कारण वडा कार्यालयदेखि गाउँ-गाउँसम्म पुग्ने ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउन अझै केही समय लाग्ने जनाइएको छ ।
सयौँ रोपनी खेतसहित धानबाली सखाप
अध्यक्ष भण्डारीका अनुसार वडा नम्बर २ कै खालीखोलामा पहिरोसहितको बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गए राति आएको पहिरोसहितको बाढीले दुई यस रोपनी धानबाली लगाएको खेत पुरिएको हो ।
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भ्यूटावर क्षेत्रमा सडकको नाली थुनिएपछि भीषण पहिरोसहित आएको बाढीले स्थानीय कृषकको धानबाली लगाएको खेत पुरिएको जनाइएको छ । दबाढीले धानबालीसहित सयौँ रोपनी खेत पुरिँदा करोड बढीको नोक्सानी भएको अध्यक्ष भण्डारीले बताउनुभयो । “किसानले लगाएको धान भर्खर सप्रिन थालेको थियो, पहिराले सबै पुरिदियो, पहिरोले खेत र धानबाली पुरिँदा करोडौँ रुपैयाँको नोक्सानी भएको छ”, उहाँले भन्नुभयो, “लोकमार्गको भ्यूटावर नेर नाली सबै बन्द भएको छ, माथिबाट आएको भल सबै खेतमा आयो र पहिरो पनि ठूलो आयो त्यसले गर्दा यति धेरै नोक्सानी भयो ।”
स्थानीय प्रेमबहादुर भण्डारीले बाढीले पसाउन लागेको धानसहित खेत पुरेपछि आफ्नो लाखौँको सम्पत्ति बगरमा परिणत भएको गुनासो गर्नुभयो । उहाँको चार रोपनी खेत पहिराले बगाएको छ ।
“मेरो भएको खेत यति हो, अब त मैले गरी खाने ठाउँनै सकियो, अब कहाँ खेती गर्ने, के खाने रु, धेरै खर्च गरेर धान रोपे, धान भर्खर पसाउन लागेको थियो, सबै बगायो”, उहाँले भन्नुभयो, “धानको खेत एउटा पनि बाँकी छैन सबै पहिरो पसेको छ, धानसमेत बगायो, मेरो त एक वर्षभरिको खाद्यान्न बगायो ।” उहाँले सरकारले तटबन्धन गरी दिए अर्को सालदेखि खेती गर्न सकिने बताउनुभयो ।
लोकमार्गबाट बग्ने पानी तर्काउने र माथिबाट बग्ने भल व्यवस्थापन गर्नसके क्षती कमगर्न सकिने जनाइएको छ । “सरकारले हाम्रो लागि तटबन्धन गरी दिए अर्को साल खेती गर्ने गरी यो ठाउँलाई बनाउन सकिन्थ्यो, माथिबाट आउने भललाई नियन्त्रण गर्न र तटबन्धनका लागि थोरै भए पनि सरकारले हामीलाई सहयोग गरोस्”, उहाँले भन्नुभयो ।
अर्का स्थानीय यामबहादुर भण्डारीको तीन रोपनी खेत पुरिएको छ । उहाँले लोकमार्गबाट आउने भल व्यवस्थापन नहुँदा ठूलो क्षति व्यहोर्नुपरेको जानकारीदिनुभयो । गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बाढीपीडिले तटबन्धनको माग गरेको जनाउँदै नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “लोकमार्गबाट बगेर आएको पानीले यति ठूलो क्षति पुर्याएको छ, पीडितले ग्याबिन निर्माण गर्न माग गर्नुभएको छ, हामीले यसतर्फ ध्यान दिएका छौँ पानी रोकियो भने काम अगाडिबढाउने छौँ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

